एकराज सिग्देल
शुक्लागण्डकीको उज्जल भविष्यको लागी दिगो बिकासमा आधारित अबधारणा
अबलम्बन गर्नु पर्दछ । नगरपालिकाको भू-अवस्थिति,
भू-बनोट, जैविक बिबिधता, प्राकृतिक श्रोत, सांस्कृतिक सम्पदा, सेती जलाधार र नदि प्रणालीको
जगमा पर्यटन, व्यपार, वन तथा कृषिजन्य उद्यमको विकास, प्रबर्धन तथा बजारीकरण गरि शुक्लागण्डकी
नगरपालिकालाई सम्बृद्ध बनाउन सकिन्छ । बाघ र गैंडा जस्ता बिश्वबाटै लोप हुँदै गइराखेका
बन्यजन्तुहरुको वासस्थान र समुदायमा आधारित जैविक बिबिधता संरक्षणको नमुना क्षेत्र
क्रमश: चितवन राष्ट्रिय निकुञ्ज र अन्नपुर्ण संरक्षण क्षेत्रको मध्यभाग तथा विश्वमै
सु-प्रशिद्ध पर्यटकीय गन्तब्य स्थल लुम्बिनी,चितवन र पोखराको बीचभागमा अवस्थित शुक्लागण्डकी
नगरपालिका दिगो पर्यटन बिकासको लागि प्रचुर सम्भावना बोकेको क्षेत्र हो ।
जलाधारमा आधारित एकीकृत बिकास योजना बनाई स्थानीय जनता, नागरिक
समाज, सहकारी संस्था, निजि क्षेत्र र सरकारी निकायको साझेदारी, समन्वय र सहकार्यलाई
प्रश्रयदिदै भू-क्षमतामा आधारित भू-उपयोग योजना तयार गरी सो को अधिनमा रही एकीकृत जलाधारको
अवधारणामा विकासका गतिबिधी अगाडी बढाएको खण्डमा यसबाट कृषिउत्पादनलाई बढावा दिन सकिन्छ
। नगरपालिकाको समग्र भू-भागलाई चार तहमा विभक्त गरि केन्द्रमा ब्यपारिक क्षेत्र, केन्द्र भन्दा बाहिर
दोश्रो तहमा आवाश क्षेत्र, तेश्रो तहमा बन सम्पदामा आधारित उद्यम बिकास र सबैभन्दा
बाहिर तहमा अर्थात सबै भन्दा माथिल्लो भू-भागमा ग्रामिण वा पर्या-पर्यटनको बिकास गर्न
सकिन्छ। नगरपालिकाको मध्यभागबाट बहने सेती नदीको पानीको सुद्धता मापनलाई शुक्लागण्डकीको
समग्र बिकासको सुचाङ्क मानी, हिउदमा बहने पानीको सुद्धतालाई मानकमानि बिकास योजना अगाडी
बढाएको खण्डमा यसबाट समग्र शुक्लगण्डकीको बिकासलाई योगदान पुग्दछ ।
बिषयगत योजनाहरु जस्तै जल जमिन तथा बन संरक्षण तथा दिगो सदुपयोग,
यातायात गुरुयोजना, रास्ट्रिय भवन संपदा मापदण्ड, पर्यटन योजना, नगर पार्श्वचित्र आदि
बनाउने र सबैलाई समेट्ने गरि एकीकृत प्राकृतिक श्रोत ऐन बनाई कार्यान्वयन आबश्यक छ
। शुक्लागण्डकीको अर्को महत्वपुर्ण बिकासको आधार पर्यटन हो । शुक्लागण्डकीको भू-अवस्थिति
खासगरी, नेपालका प्रमूख पर्यटकीय स्थानहरु
पोखरा, लुम्बिनी र चितवनको केन्द्र भागमा रहेको यो नगरपालिकामा विभिन्न किसिमका
पर्यटनउद्योगहरु बिकास गर्न सकिन्छ ।
शुक्लागंडकिमा प्राकृतिक श्रोतमा आधारित एकीकृत नमुना बिकास
गर्नका लागि थुप्रै चुनौतीहरु रहेका छन् । प्रमुख चुनौतिहरुमा; १) ग्रामिण बस्तिबाट सहरतर्फको बसाइसराई, २) अव्यवस्थित
बस्ति बिकास तथा सहरीकरण, ३) प्राकृतिक श्रोत खासगरी ढुंगा गुट्टी वालुवा जस्ता खानीजन्य
पदार्थको अत्याधिक दोहन, ४) जल, जमिन, हावा तथा ध्वनी प्रदुषण, ५) चितुवा, बाँदर तथा
दुम्सी जस्ता बन्यजन्तुहरुबाट मानब तथा कृषिबालीमा दिन प्रतिदिन बढ्दो क्षयीकरण, ६)
बन डढेलो तथा जलवायु परिवर्तनका कारण जाने बढी तथा पहिरो, ७) परापुर्बकालदेखि संरक्षण
गरिदै आएका पोखरीहरु सुख्दै जानु, ८) प्राकृतिक श्रोतको उत्पादकत्व घट्दै गई मानब स्वास्थ्य
तथा अर्थोपार्जनका अवसरहरुको विविधिकरण हुन नसक्नु, र ९) गरिब, महिला, तथा सिमान्तकृत
समुदायहरु अर्थोपार्जनको अवसरबाट बन्चित हुनु रहेको छ ।
शुक्लागण्डकीको नगरपालिकाको दिगो बिकास सुनिस्चिताताको लागि
केहि ठोस सुझाबहरु यस प्रकार रहेका छन् । १) समुदायमा आधारित फोहोरमैला व्यवस्थापन
पद्दती अबलम्बन गरी फोहोरलाई नगरपालिकाको अर्थोपार्जनको प्रमुख श्रोत बनाउने । २) सवारी
साधन तथा उद्योगहरुबाट उत्सर्जित फोहोरका कारण जल तथा जमिनमा हुने प्रदुषण न्यूनीकरणका
लागि फोहोरको श्रोतमै सुद्धिकरण गर्ने प्राबधान राख्ने, ३) पानीका मुहानहरु संरक्षण
गर्ने, ४) वातावरण लाई पूर्वाधार निर्माणको
सुरुवाती चरणमै समाहित गर्ने, ५) वातावरणीय अध्ययन प्रतिबेदनको गुणस्तर तथा कार्यान्वयनको
सुनिस्चिताताको लागि बाध्यकारी कानुन बनाउने र कार्यान्वयन गर्ने, ६) नदिजन्य पदार्थ जस्तै ढुंगा, गिट्टी र वालुवाको
उचित व्यवस्थापन गर्ने, ७) बैज्ञानिक एबं एकीकृत
कृषि नीति (कृषक सुचिकृत, उत्पादनमा जोड, बजारीकरण,
सित भण्डार, हाट बजार संचालन) अबलम्बन गर्ने,
८) स्थानीय पाठ्यक्रममा वातावरण बिषय समाबेस गर्ने, ९) खुल्ला सार्बजनिक स्थल र नदि तटीय क्षेत्रमा
फलफुल तथा घाँस खेतीलाई प्रोत्साहन गर्ने, १०) वातावरणमैत्री क्रियाकलापको प्रभावकारी
कार्यान्वयन सुनिस्चिताताको लागि अनुगमन संयन्त्र बनाई परिचालन गर्ने, ११) प्राकृतिक
श्रोतमा निर्भर सिमान्तकृत समुदाय लक्षित प्राकृतिक श्रोतमा आधारित रोजगार तथा आयआर्जनको
अवसर श्रीजना गर्ने, र ११) वातावरणमैत्री क्रियाकलापको
प्रभावकारी कार्यान्वयन सुनिस्चितताको लागि सार्बजनिक तथा निजिक्षेत्रको सहकार्यका
साथै स्थानिय, प्रदेश र संघको बीच समन्वय र सहजीकरणमा जोड दिनुपर्ने ।
शुक्लागण्डकी नगरपालिका पारिस्थिकीय प्रणाली, जैविक बिबिधता
तथा सांस्कृतिक संपदाको दृस्टीकोणबाट अत्यन्त धनि छ । प्राकृतिक श्रोतबाट मुख्यत चार
किसिमका सेवाहरु प्राप्त हुन्छन । पहिलो, मानब जीवनका लागि अत्याबश्यक आधारभूत आबश्यकताका
बस्तुहरु - दाउरा, घाँस, काठ आदि को सेवा वातावरण बाट पाइन्छ । त्यसै गरि, सहयोगी सेवाहरु
जस्तै माटोको उर्बरा शक्ति, तेश्रो, सांस्कृतिक सेवाहरुपर्दछ ज अन्तर्गत पर्यापर्यटन, धार्मिक, सांस्कृतिक महत्वका सेवा
तथा बस्तुहरु पर्दछन । चौथो तथा अन्तिम सेवा भनेको नियन्त्रणका सेवाहरु हुन् जस अन्तर्गत
जलवायु, पानीको सुद्धता कायम गर्ने, बाढी नियन्त्रणगर्ने जस्ता फाइदाहरु पर्दछन । वातावरणीय
सेवाको आधारमा स्थानीय, प्रादेशिक, रास्ट्रिय, क्षेत्रीय र भू-मण्डलीय - (दायित्व स्थानीय
सरकार, प्रादेशिक सरकार, केन्द्रिय सरकार र अन्तर रास्ट्रिय जगत ) सरकारले यसको संरक्षण
को दायित्व लिएका हुन्छन ।
दिगो विकासमैत्री क्रियाकलापहरु
दिगो पर्यटन बिकासका लागि सहकार्य, सरोकारवालाहरुको बीच सुमधुर
संबन्धको बिस्तार र समन्वयको आबश्यकता अपर्दछ । होम्स्टे पर्यटन, जैविकखेति प्रणाली,
पर्यटकीय स्थलको बिकास, मिलेनियम पदमार्गको प्रबर्धन एबं बजारीकरण¸तिनखोले
दगाम पदमार्गको स्तरोन्नति¸गाछेपानी भलु-भलुे भूजिकोट पदमार्गको बिकास आदि
गतिविधिलाई नगरपालिकाले प्राथमिकताका साथ योजनामा राख्ने तथा आबश्यक बजेट बिनियोजन
गर्नु आबश्यक छ ।
ढोरवाराही मन्दिर¸तिनखोले देवी मन्दिर¸मक्तिुनाथ
च्यवनधाम¸भलुभलुे
वाराही मन्दिर¸ज्वालादेवी
मन्दिर¸प्रकृति
मनकामना¸मनकौरी
देवी मन्दिर¸नाम्सीकोट
देउराली लगायत धार्मिक पर्यटकीय स्थललाई धार्मिक पर्यटनको गन्तब्य स्थलको रुपमा बिकास
गर्नु पर्दछ । त्यसैगरि, शुक्लागण्डकी नगरपालिका तथा गल्यांगनगरपालिका जोड्ने मिलेनियम
ट्रेकलाई प्रबर्धन गर्दै सो को आसपासका स्थानीयलाई सांस्कृतिक सम्पदा, उत्तर तर्फका
धौलागिरि तथा अन्नपुर्ण हिमालहरुको मनोरम दृश्यावलोकन, प्राङ्गारिकमलमा आधारित खानाको
स्वाद, स्थानीय भेष भुषामा सजिएर गरिने संस्कृतिक एबं सांगीतिक कार्यक्रमको अनुभब गरि
पर्यटकलाई भरपुर मनोरंजन दिनुका साथै स्थानीयको आम्दानी वृद्धि गर्न सकिन्छ ।
खानेपानीका श्रोतहरुको नगरपालिकामा लगत राख्ने तथा खानापानी
मुहान संरक्षण समिति दर्ता गर्ने, नगरका मुख्य सडकहरुमा साईकल लेनको व्यवस्था गर्ने,
फोहरमैलाको दिगो व्यवस्थापनको लागि व्यवस्थित ल्याण्डफिल साइट वा एकीकृत फोहरमैला व्यवस्थापनको
अभ्यास गर्ने, वातावरण सम्बन्धी जनचेतनामुलक कार्यक्रमहरु गर्ने, विद्यालयको वार्षिक
कार्यतालिकामा वातावरण सम्बन्धी अतिरिक्त क्रियाकलाप समाबेस गर्ने, नगरपालिका तहमा
पर्यटन व्यवस्थापन समितिको स्थापना गर्ने, लगाएतका पर्यटन प्रबर्धनमा सहयोग पुग्ने
सामाजिक क्रियाकलाप गर्नुपर्दछ ।
सन् २०२३ मा नेपालमा करिब १० लाख पर्यटकको आगमन भएको पर्यटन
बोर्डबाट प्रकाशित प्रतिबेदनमा उल्लेख छ ।
एक तथ्यांक अनुसार, नेपालमा आएका मध्य ४०% अर्थात ४ लाख पर्यटकले पोखराको भ्रमण गर्ने गर्दछन । पोखरा भ्रमण
गर्ने मध्य १% अर्थात १० हजार पर्यटकलाई शुक्लागण्डकीमा कम्तिमा एकरात बस्ने गरि राख्न
सकिने बलियो सम्भावना छ । एक पर्यटक बराबर सालाखाला एक रोजगार हुने गर्दछ । यसरी, १०
हजार स्थानीयले रोजगार पाउने सम्भाबना हुन्छ । यसरी, यो उल्लेख्य संख्याको पर्यटकलाई
खुवाउने, सुताउने, घुमाउने राम्रो व्यवस्था गर्न सक्यो भने, यसबाट शुक्लागण्डकी नगरपालिकाको
अर्थोपार्जनमा उल्लेख्य टेवा पुग्दछ र अन्तत यसबाट शुक्लागंडकिको सम्बृद्धीमा यो कोशे
ढुंगा हुन्छ । यसको लागि, बिस्तृत अध्ययनको आधारमा पर्यटकीय गन्तब्य, पर्यटकीय पूर्वाधार,
पर्यटकीय सुबिधा, पर्यटकीय आकर्षण, पर्यटकीय गतिबिधि, आदिको बिकास, प्रबर्धन र बजारीकरण
गर्नु पर्दछ । यसको लागि, नगरपालिकाले निजि ब्यबसायीहरुसंग एकाकार गर्दै, मानबसंसाधन
तथा संसथागत ब्यबस्थापकीय क्षमता वृद्धिमा समेत लगानी गर्नु पर्दछ ।
वातावरणमैत्री क्रियाकलाप
वातावरणमैत्री क्रियाकलाप अन्तर्गत नगरपालिकाद्वारा
तर्जुमा गरिएका आयोजनाहरुको वातावरणीय अध्ययन गर्ने, नगर क्षेत्रमा वायु प्रदूषण न्यूनीकरण
तथा नियन्त्रणको लागि उपायहरु अवलम्बन गरिनुपर्ने, प्लाष्टिकको झोलाको विकल्पमा वातावरणमैत्री
झोलाको प्रबर्धन गर्ने तथा वातावरणमैत्री भौतिक पूर्वाधारलाई बढवा दिने गर्नु पर्दछ
।
प्राकृतिक संरक्षणमैत्री क्रियाकलाप
त्यसैगरी प्राकृतिक श्रोतको संरक्षण तथा दिगो उपयोग
गर्ने, जैविक पार्कहरु निर्माण गर्ने, मापदण्ड अनुरुप ढुङ्गा, गिट्टि, बालुवा तथा माटोको
उत्खनन, सङ्कलन, उपयोग, बिक्रि तथा वितरणको व्यवस्था मिलाउने, वनको संरक्षण तथा दिगो
उपयोगको लागि आबश्यक नीति निर्माण तर्जुमा गर्ने, पोखरी तथा सिमसार क्षेत्रको लगत राख्ने
तथा खानेपानी मुहान संरक्षणका लागि उपभोक्ता समिति गठन गरी संरक्षणका कार्यक्रमहरु
अगाडी बढाउने र सार्वजनिक, पर्ती जग्गा, नदीनाला किनाराहरू, खोला उकास क्षेत्रमा वृक्षरोपण
वा बिभिन्न सागसब्जीहरुको खेति गर्ने ।
जलवायुपरिवर्तन तथा विपद व्यवस्थापनमैत्री क्रियाकलाप
जलवायुपरिवर्तन तथा विपद व्यवस्थापनमैत्री क्रियाकलाप अन्तर्गत जलवायु परिवर्तन तथा विपद् जोखिमका दृष्टिले बढी संवेदनशिल स्थानहरूको नक्साङ्कन गर्ने, जलवायु परिवर्तन सम्बन्धी अनुशिक्षण कार्यक्रम संचालन गर्ने, धुवाँरहित सुधारिएको चुल्होको प्रयोगलाई प्रोत्साहन गर्ने, बिजुलीबाट चल्ने सवारी साधनलाई उच्च प्राथमिकता दिने, खाना पकाउन विद्युतीय उर्जाको प्रयोगलाई प्रबर्धन गर्ने, विपदको अवस्थामा तत्काल उद्धारका लागि सुरक्षित स्थल (खुला क्षेत्र) को पहिचान एबं संरक्षण गर्ने क्रियाकलापहरु पर्दछन । त्यसको अलावा, सौर्य उर्जाको प्रयोग, विपद् जोखिम न्यूनीकरण तथा जलवायु अनुकुलन सम्बन्धी नीति तथा कानूनको तर्जुमा, विपद् तथा जलवायु उत्थानशील योजना, र स्वच्छ वैकल्पिक उर्जा (जस्तैः बायोग्यास, सोलार) जस्ता क्रियाकलापहरु यस अन्तर्गत पर्दछन ।
कार्यान्वयन अवधारणा
माथि उलेखित क्रियाकलापहरुको सफल कार्यान्वयन सुनिस्चितताको
लागि बिभिन्न उपायहरु अबलम्बन गर्नुपर्दछ ।
अबलम्बन गर्नुपर्ने प्रमुख कार्यान्वयन
अवधारणा अन्तर्गत, १) नागरिक समाज, निजि तथा
सार्बजनिक संघसंस्थाहरु बीच समन्वय र सहकार्य गर्ने, २) श्रोतको उपलब्धता, निर्णय प्रक्रियामा
सहभागिता तथा लाभको समुचित बांडफांड गर्ने,
३) सुशासनकको सिद्धान्त अबलम्बन गर्ने, ४) वातावरणमैत्री क्रियाकलापलाई अभियानको रुपमा
संचालन गर्ने, ५) नगरपालिकाको गुरुयोजनाको तयारि तथा कार्यान्वयन गर्ने, ६) वातावरण
तथा प्रकृति संरक्षण ऐन, जलवायु परिवर्तनसम्बन्धी
उपायहरूलाई नीति, रणनीति र योजनाहरूको तर्जुमा गर्ने, ७) जलवायु परिवर्तन, वातावरण
तथा विपद व्यवस्थापनका लागि शाखा / इकाईको
स्थापना तथा जिम्मेवार व्यक्तिको व्यवस्था गर्ने, ८) नगरस्तरमा स्थानीय विपद् तथा जलवायु
उत्थानशील समिति बनाउने, ९) वडास्तरमा सामुदायिक विपद् तथा जलवायु उत्थानशील समिति
बनाउने, १०) विपद् जोखिम न्यूनीकरणको लागि वडास्तरीय स्वयम्सेवकहरुको समूह गठन गर्ने,
र ११) दिगो पर्यटन प्रवद्र्धनका लागि नीतिहरू तर्जुमा गरी कार्यान्वयन गर्ने ।
यो लेख स्थानिय पत्रिकामा प्रकाशित भएको थियो
No comments:
Post a Comment