Thursday, December 10, 2015

राइपुर क्षेत्रको विकास: चुनौती र संभावना

ढोरेली सेवासमाज काठमाडौँको आयोजना तथा राजपुर माध्यमिक विध्यालय राईपुर ४ तनहुँ को सह-आयोजनामा ढोर क्षेत्रका माबि स्तरीय हाजिरीजवाफ कार्यक्रम तथा गत बर्ष प्रबेशिका (SLC) परिक्षामा त्यस क्षेत्रबाट उत्कृस्ट नतिजा हासिल गर्ने एक जना छात्र तथा एक जना छात्रालाई पुरस्कृत गर्ने कार्य मिति २०७२/८/२० का दिन राजपुर माध्यमिक विध्यालय, राइपुरमा सफलताका साथ सु-सम्पन्न भयो / उक्त कार्यक्रमको योजनाको क्रममा बक्ताहरुको भनाई तथा उपलब्ध सन्दर्भ सामग्रीको आधारमा तयार पारिएको राइपुर क्षेत्रको विकास:चुनौती र संभावनाको बिश्लेषणलाई तलका अनुच्छेदमा प्रस्तुत गरिएको छ /  

कार्यक्रमका अधिकांश बक्ताहरुको जोड ढोरक्षेत्रको सैक्षिकस्तर प्रत्यक बर्ष खस्कदो अवस्थामा गुज्रिरहेकोले यसलाई सुधार्नुपर्ने, नयाँ संबिधानको मर्म अनुसार समाबेशीकरण तथा बाल अधिकारलाई ध्यानमा राखी विकास निर्माणका क्रियाकलापलाई अगाडी बढाउनुपर्ने, बिकासमा राजनीतिक सहमति र समझदारीलाई बढवा दिनुपर्ने, राईपुर क्षेत्रको समग्र विकासमा जोड दिनुपर्ने, ढोरेली सेवा समाज काठमान्डौबाट गरिआएका सृजनशील कृयाकलापहरुलाई निरन्तरता दिनुपर्ने, ढोर क्षेत्रका उत्कृस्ट प्रतिभाहरुको पहिचानगरी उनीहरुको संम्मान गर्नुपर्ने लगाएतमा रहेको थियो /

२०५८ सालमा प्रकाशित राईपुर गाबिसको पार्श्वचित्रको (Village Profile) अनुसार त्यो बेलामा राईपुर क्षेत्रमा एउटा पनि माध्यमिक बिद्यालयहरु थिएनन्, कुनैपनि भू-भागलाई पक्की मोटरबाटोले छोएको थिएन, कच्ची सडकहरू समेत थिएनन्, गाउँ भरिमा सांसद कोटाको एउटा मात्र टेलिफोन सेवा उपलब्ध थियो, भरपर्दो स्वास्थ्य सेवाहरु थिएनन्, खाने पानीको समस्या थियो, तर अहिले करिब १४ वर्षको अन्तरालमा त्यस क्षेत्रमा तीनवटा माध्यमिक विद्यालयहरु स्थापना भएका छन्, दुलेगौंडाको गाछेपानी देखी राइपुरको थुम्कीडाँडा सम्मको कुल २१ किलोमिटर मध्य ९.३ किमी ग्रावेल र २४.७ कच्ची सडक बनेको छ साथै प्रत्यक बस्तिलाई धुले सडकले छोएको छ, सुबिधा संपन्न स्वास्थ्य तथा उपस्वास्थ्य चौकीहरु स्थापना भएका छन्, ८०% भन्दा बढी मानिसको हातमा मोबाईलफोन उपलब्ध छ, अधिकांश मानिसको घरमा जैविक ग्यास तथा सौर्य उर्जामा आधारित इन्धन उपलब्ध छ र व्यवशायिक फलफुल विकाश आयोजना – सुन्ताला फलफुल विकास योजनाहरु लागु भएको छ, सल्लाघारी पर्यटन, मिलेंनियम ट्रेक, सिद्दगुफा आंप्स्वरा पर्यटन मोटर मार्ग हरु यस क्षेत्र हुदै जाने सोच राखी विकास निर्माणका कार्यहरु अगाडी बढाइएका छंन् /

यसरी छोटो समयमा भौतिक पूर्वाधारमा उल्लेख्य प्रगति भएपनी पनि यसले त्यंहाको जीबनस्तरमा तात्विक फरक ल्याएको भने सुनिएन, बरु उल्टै जुन रफ्तारमा बिद्यालय खोलिए त्यसअनुसार प्रबेशिका परिक्षामा उतिर्ण प्रतिशत उल्लेखनीय रुपमा बृधि हुन सकेन, युबाहरुले रोजगारिकोलागी गाउँ छाड्ने प्रवृत्ती बढ्नुका साथै युबतीहरु बालबच्चा सहित सहरमा बसाईसहरने प्रचलन बढेको पाइयो/ सक्रिय कामदारको अभाबमा कृषि उत्पादकत्वमा दिन प्रतिदिन ह्रास आउन थालेको रहेछ / गाउँहरुमा रहेका परम्परागत पानीका मुहान तथा पोखरीहरु सुक्ने क्रममा रहेको पाइयो / युवा छोरा छोरी संगै नहुँदा ब्रिध्ध ब्रिध्धाहरुले एक्लो महसुस गरेको पाइयो /  तसर्थ भौतिक पुर्बधार बिकासले मात्रै स्थानिय जनताको समग्र बिकास हुन नसक्ने कुरा ताहाको यथार्थस्थितिले पुस्टि भयो/  


राइपुर क्षेत्रको समग्र विकासको लागी भौतिक पुर्बधारको बिकासका साथसाथै आर्थिक, सामाजिक तथा संस्कृतिक संभावनालाई उजागार गर्दै तिनको बिकासमा प्राथमिकता दिनु बान्छनीय देखिन्छ / नयाँ सडक खोल्नु भन्दा भएका बिध्यमान सडकहरूको स्तर उन्नति गर्नु पर्ने, पर्यटकीय आकर्षणका बस्तुहरु जस्तै जन्ते ढुङ्गो, राईपुर कोट, विभिन्न गुफाहरु, त्यस क्षेत्रबाट देखिने मनोरम हिमाल तथा अन्यत्रका दृशय हरुको थप उजागार, बिकास, प्रबर्धन तथा बजारीकरण गर्नुपर्ने देखिन्छ / उक्त क्षेत्र सहश्राब्दी ट्रेकमा पनि पर्ने हुँदा समग्र सहस्राब्दी पर्यटन पथको गुरुयोजना बनाई सो योजनाले निर्दिस्ट गरे अनुसार वातावरण मैत्री पूर्वाधार बिकास लाई बढावा दिनु पर्ने, स्वोच्छ उर्जा जस्तै जैविक ग्यास, सौर्य उर्जा आदिको प्रयोगमा बढोत्तरी ल्याउनुपर्ने, हरेक बस्तीमा बृध ब्रिध्धाहरु एकैठाउँमा बसी छलफल गर्न सजिलोहुने गरि स-साना चौपारीहरु बनाउने, कृषी उत्पादन ब्रिध्धी गर्न बालि विविधिकरण गर्ने र पोखरी तथा पानिका श्रोत संरक्षणमा ध्यान दिने, स्थानिय शिप, प्रबिधी र श्रोत मा आधारित आयआर्जन तथा आम्दानीमा जोड दिने, फलफुल तथा जडिबुटीको ब्यबस्थित रुपमा उत्पादन, तथा बजारीकरणमा जोड दिएको खण्डमा अझैपनि यो क्षेत्रको समग्र विकास गर्न सकिन्छ / यी सबै कमको सुरुवात स्थानिय स्तरबाट गरिनु आबश्यक छ र यसको प्रस्थान बिन्दु स्थानीय निकायको सिघ्र चुनाब हो /