Wednesday, April 5, 2017

"शुक्ला-ढोर दिगो विकासको आधार कृषी, पर्यटन, पूर्वाधार, प्राकृतिक श्रोत र संस्कृतिक संपदाहरुको सुधार"

"शुक्ला-ढोर दिगो विकासको आधार
कृषी, पर्यटन, पूर्वाधार, प्राकृतिक श्रोत र संस्कृतिक संपदाहरुको सुधार"
परिचय 
शुक्लागण्डकी नगरपालिका अन्तर्गत वार्ड नो ८, ९, १०, ११, १२ लाई आत्मा निर्भर हुनका लागि र समुन्नत बनाउन कृषी र पर्यटनलाई मध्य नजर गरी त्यसैमा आधारित स्वरोजगारको अवस्था सृजना गर्नु पर्छ / कृषी ब्याबशाय र कृषि पर्यटनलाई प्रबर्धन गर्नु पर्दछ / यसको अलावा सडक, कृषी, सिक्षा, स्वास्थ्य, पानि, फोहोर मैला र  वजार ब्यबस्थापन, सार्बजनिक जग्गा ब्यबस्थापन आदिलाई पहिलो प्राथमिकतामा राख्नु पर्दछ / पर्यटनको लागि कास्की पछिको दोश्रो सम्भाव्य भएको क्षेत्र हो यो / पर्यटकीय क्षेत्रको लागि प्रसस्त पहिचानहरु यस क्षेत्रमा भएका कारण यसको थप उजागरगरी सुधार गर्दै जानु आबश्यक छ / पर्यटक बसाइका लागि आवासग्रिह निर्माण, सुधार तथा वजार ब्यबस्थापनमा बिशेस ध्यान दिनु पर्दछ / बृहतर पोखराको अवधारणा अनुसार यस नगरपालिकालाई satellite city को रुपमा विकास गर्नु पर्दछ / यस क्षेत्रको समग्र विकास अवस्था त्तथा संभावना चित्रणगर्नको लागी उपलब्ध सूचना यथेस्ट मात्रामा छैनन् /     

कृषी
कृषि तथा पशुपालन यो क्षेत्रको आय आर्जनको एउटा भरपर्दो श्रोत हो /  फलफुलखेति अन्तर्गत मूलत सुन्तला तथा कागतीलाई प्रबर्धन गर्न सकिन्छ यो क्षेत्रमा / गाई, भैसी, वाख्रा, माहुरी पालन, जडिबुटी प्रसोधन आलु र अम्रिसो खेति बाट मनग्य आम्दानि लिन सकिन्छ / सबै क्षेत्रका कृषि उत्पादनलाई बजारीकरण गर्न बृहत संकलन तथा भण्डारण  केन्द्र स्थापना गर्ने तथा ग्रामिण कृषी उत्पादनलाई बजारसम्म पुर्याउन सहज सुबिधा हुने पूर्वाधार विकास गरिनु पर्दछ / राईपुरलाई फलफूलखेतीको पकेट एरियाको रूपमा विकास गर्न सकिन्छ / "एक गाउँ एक  उत्पादन" को अभियानलाई अगाडी बढायौं भने छिटो विकास र छिटो आत्मा निर्भर हुने छौं / कृषी तालिम केन्द्र खैरेनीटारबाट सेनाको टुकडी हटाई सो स्थानबाट पहिला झैं कृषी सेवा प्रबाह गरिनु पर्दछ / कृषी तथा पशु व्यावसायको प्रयोगशाला एबं कृषी क्याम्पसको स्थापना गर्ने र कृषी प्रणालीलाई व्यवशायिक गर्ने तर्फा पहल गर्नु पर्दछ / कृषि व्यवसायलाई ब्यबश्यायलाई आधुनिकीकरणको नाउँमा हाइब्रिड र बिषादी प्रयोगलाई निरुत्साहित गरी अर्गानिक खेतिलाई प्रबर्धन तथा बजारिकरण गरिनु पर्दछ / युवा पुस्तालाई बैदेशिक रोजगारमा जानबाट रोक्न राज्य संचालन ब्यबस्थामा प्रवेश तथा कृषी उद्योगहरुमा सहभागी गराउन पहल गर्नु पर्दछ / यो क्षेत्रमा कृषिमा भरपरि अर्थोपार्जन गर्न सक्ने संभावना कम रहेको बिचार समेत प्रस्तुत भएको थियो / बिध्यमान अवस्थाका व्यपार व्यवसायलाई ब्यबस्थित गर्न सके त्यस बाट यो नगरपालिकाले मनग्य फाइदा लिन सक्ने संभावना छ /    

सांस्कृतिक तथा ऐताहिसिक महत्वका क्षेत्रहरु
धार्मिक स्थलहरु जस्तै ढोर बाराही मन्दिर, भूजिकोटको भैरब मन्दिर, थानथोक-भूमिस्थान, राजस्थ्ल पूर्वज २२, २४ राज्यको दरबार र फिरफिरे साबिक ३ वडामा रहेको मिलिनिम गुफाको उचित संरक्षण गरिनु पर्दछ /  आधुनिक प्रविधिको युगमा आएको परिवर्तनले हराउदै गएको मौलिक संस्कृतिलाई जोगाउने तर्फ विशेस पहल गर्नु पर्दछ / ढोर क्षेत्र र शुक्ला एकीकृत भएको सन्दर्भमा अब ऐतिहांसिक महत्वको स्थानको थप उजागर गरि प्रचार प्रसारको राम्रो गर्नु आबश्यक छ / ढोर क्षेत्रका ऐताहिसिक ब्यक्तिहरुको मसिनो गरी लेखा जोखा सहित इतिहासको संग्रहको एक परिचय दिनु पर्छ /

पूर्वाधार
समग्ररुपमा सुक्लागण्डकीको विकासको लागि एउटा रिंगरोडको आबश्यकता छ  / प्रस्ताब गरीए अनुसार सो रिंगरोडले दुलेगौंडा, ताल्बेसी, साबिक फिरफिरे ९, ४, ३, ५ हुँदै सांखे साबिक राइपुर १, २ हुदै ढोरफिर्दी ६, ३ हुँदै दुलेगौंडालाई जोड्ने छ / अर्को प्रस्ताब अनुसार नगरपालिकाको सबै वडाका सेवाकेन्द्रहरुलाई जोड्ने गरी रिंग रोड बनाइनु पर्दछ / शु.ग.न.पा मा धेरै जसो वस्तीहरु अव्यवस्थित रुपमा बिकास भएका छन् जसलाई ब्यबस्थित गर्नु जरुरि छ / बढ्दो सहरीकरण संगै फोहोरमैला एबं बसपार्क ब्यबस्थापनको कार्यलाई ध्यान दिनु पर्दछ /  समग्र नगरपालिकाको भू-उपयोग योजना बनाई भू तथा आवास ब्यबस्थापन तत्काल गर्नु पर्दछ / बिध्यमान बाटो घाटोहरु अब्यबस्थित एबं असुरक्षित छन् तिनालाई ब्यबस्थित गराउन जरुरि छ / जग्गा प्लाटिंग गर्ने कार्यलाई निरुत्साहन गर्नु पर्दछ र तत्काल बन्द गर्न जरुरि छ / सार्बजनिक जग्गाको संरक्षणमा बिशेस पहल गर्नु पर्दछ / राइपुर  वार्ड नं, ७, ८ र ९ मा खानेपानीको समस्या छ /  सेतिपारी एउटा पक्की पुल राखेर त्यहाँ रहेका सार्बजनिक जग्गाको सदुपयोग तत्कालिन र दिर्घकालिन योजना बनाएर गर्नु पर्दछ / फुलबारी सामुदायिक अस्पताललाई सरकारी अस्पताल बनाउनु पर्दछ / जी पी स्वास प्रस्वास केन्द्रलाई स्तर बृध्धी गरी थप  सुबिधा बढाउने तर्फ प्रयास गरिनु पर्दछ / यस क्षेत्रमा बिधालय संख्याहरु प्रसस्त छन् तर सोहि अनुसार गुणात्मक बिद्यार्थीहरु उत्पादन हुन सकेका छैनन् /  नगरपालिकामा एउटा प्राबिधिक सिक्ष्यालयको आबश्यकता छ / सार्वाजनिक जग्गा र निजि जग्गाको शुक्ला गण्डकी नगरपालिकामा सर्ब साधारणले जानकारी पाउनुपर्ने सुचनाको हकको ग्यारेन्टी गर्नु पर्दछ र यसकोलागी नगरपालिकाले सार्बजनिक जग्गाको लागत राख्नु पर्दछ / सार्बजनिक जग्गाको संरक्षण र सहि सदुपयोग तर्फ ध्यान दिनु पर्छ /

प्राकृतिक श्रोत
मिनामखानी सु.न.पा. १० फलाम / तामाखानी, छब्दी - फालम खानि, फिरफिरे र ढोर फिर्दी खरीखानिको लागी सम्भावनाका क्षेत्र हुन् / यी खानीजन्य बस्तुहरुको उपयोग किफायेती छ छैन भन्ने अध्ययन गर्नु पर्दछ र  यिनीहरुको उत्खनन गर्नु तर्फ नगरपालिकाले पहल गर्नु पर्दछ / ढुंगा गिट्टी वालुवाको उत्खनन तथा संकलनबाट पर्न सक्ने वातावरणीय क्षेतीलाई समेत ध्यान राखेर यसको ब्यबस्थापन गर्नु पर्दछ / गुर्दुम्कोट, नाम्सिकोट, राइपुरकोट, जन्तेढुंगा, मिलेनियम गुफाको विकास गर्नु पर्दछ प्राकृतिक श्रोतको सहि सदुपयोगमा जोड र परिचालनलाई बढवा दिनु पर्दछ / वन ब्यबस्थापन संगै डाले घाँस तथा जडिबुटी रोपणमा ध्यान दिनु पर्दछ /  जडिबुटीको अध्ययन, विकास, संकलन र प्रसोधनमा ध्यान दिनु पर्दछ / गाउँका जग्गाहरु खालि राख्ने प्रवृत्तिलाई निरुत्साहित गर्नु पर्दछ र कृषी पर्यटनलाई प्रबर्धन गर्नु पर्दछ / खाने पानि मुहान संरक्षणमा बिशेस ध्यान दिनु पर्दछ /  

शासन ब्यबस्था  

जनताकेन्द्रित शासन प्रणालीलाई यथार्थमा परिणत गर्न सकारात्मक सोचका साथै राजनैतिक इच्छा शक्ति र प्रतिबध्धा हुनुपर्दछ / यसको लागि विकासको प्रस्ट दुरदृस्टी भएको व्यक्तिहरुलाई अब आउने चुनाबबाट नगरपालिकाको नेतृत्वमा चयन गरिनु पर्दछ / योजना तथा कार्यक्रम छनोट गर्दा बिपन्न वर्ग, महिला तथा भौगोलिक विकटतालाई आधार बनाई विना कुनै राजनैतिक आग्रह र प्रभाबबाट मुक्त रही प्राथमिकताको श्रेणीमा राख्दै त्यसलाई संबोधन गर्नु आबश्यक छ /  कहिलेकाहीं ठुलो क्षेत्र (भूगोल) र धेरै आवादी (जनशंख्या) भएकै आधारमा धेरै बजेट खर्चिदा अल्प संख्यक र पिछडिएका वस्तीमा ध्यान जादैन / यसमा सवै राजनैतिक नेतृत्वले पनि आत्मानुभूति गर्न जरुरि छ  / नगरपालिकाबाट प्रदान गरिने क्षमता बिकास तालिमका अवसरहरुमा एकैथरि बक्तिहरुलाई सधै सहभागी गराइने प्रवृत्तीलाई निरुत्साहित गर्नु पर्दछ / कामै नगरी रकम सकाउने प्रवृत्ती मौलाउदै गएको छ जसलाई निरुत्साहित गर्नु जरुरि छ / माथि उल्लेखित सबै विषयसंग संबन्धित बिज्ञहरुको सहयोग लिएर नगरपालिकाको एउटा श्रोत पर्श्वचित्र (Municipality Resource Profile) बनाई त्यसको आधारमा कम्तिमा २० देखि ५० वर्ष सम्मको लागी एकीकृत गुरु योजना बनाउनु पर्छ र त्यसको आधारमा वार्षिक कार्ययोजना बनाई कार्यान्वयन गर्दै जानु पर्दछ  / 

यो लेख २०७३/१२/१९ गते ढोरेली सेवा समाज काठमान्डूको आयोजनामा शुक्लागण्डकी नगरपालिकामा आयोजित सरोकारवालाहरुको अन्तरक्रिया कार्यक्रममा ब्यक्त गरिएका बिचारलाई समेटेर तयार पारिएको हो /